
एजेन्सी । भारतको मध्ये प्रदेशको जबलपुरमा २ वर्षिय निर्दोश बालकमाथि भएको क्रुररता देखेर मानिसहरू अचम्ममा परेका छन् ।
बालकका बाबुआमा नोकरीका लागि कार्यालय गएको समयमा ती बालकलाई हेर्न राखिएकी आयाले गरेको व्यवहार सीसी टिभी क्यामरा हेरेपछि पत्ता लागेको हो ।
ती बालकलाई देख्ने सबैको मनमा एउटै प्रश्न उठ्ने गरेको थियो । आखिर निर्दोश बालकलाई किन आया रजनी चौधरीले कुटपिट गरिरहेकी छन् ? बालकले के गर्यो होला र आयालाई रिस उठ्यो र कुटिन् ? त्यो घटनाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरू ती आयाप्रति आक्रोशित भएका छन् र आयालाई कडा भन्दा कडा सजाइको माग गरिरहेका छन् ।
भारतीय सञ्चार माधयमका अनुसार पीडित बालकका बाबुले आफ्नो छोरा १ महिना देखि उदास देखिएको प्रहरीलाई बताएका छन् । ती बालक राम्रोसँग खाना पनि खादैन थिए । उपचारका लागि उनलाई चिकित्सककहाँ लैजाँदा थाहा भयो कि उनको आन्द्र सुन्निएको थियो । चिकित्सकले बालकको आन्द्रा सुन्निनुको कारण ती आयाले गुट्का, सूर्ती र जुठो फोहोर खाना खुवाएर भन्ने पत्ता लगाए । त्यसपछि घर फर्किएर बालकका परिवारले सीसीटीभी फुटज हेरे, फुटेज हेरेपछि उनीहरूको होस उड्यो ।
आयाले बालकलाई राम्रोसँग खाना खुवाउदिनथिइन्, बालकलाई धेरै कुटपिट गरेको फुटेजमा देखिएपछि बालकका परिवारले तुरुन्त यो घटनालाई प्रहरीकोमा पुर्याए । प्रहरीले आरोपी आयालाई गिरफ्तार गरेर जेल पठाएको छ ।
समाचारका अनुसार बालकको आमा बुबा नै रोजगारी गर्ने भएकाले उनीहरूले बच्चाको हेरचाहका लागि ४ महिना अघि मात्रै आया रखेका थिए । ११ बजे बालकलाई आयासँग छोडेर उनीहरू काममा जाने गरेका थिए । त्यपछि ती आयाले बालकमाथि अत्याचार गर्ने गर्थिन् । आया राखेपछि बालकको अवस्था देखेर उनीहरूले घरमा सीसीटीभी राखेका थिए । आयाले बालक माथि कुटपिट किन गरिन् भन्ने कुरा खुलाइएको छैन ।
अरुको भरमा बालबालिकालाई छोड्दा यस्ता घटना हुने गरेकाले बाबु आमाले बेला बेलामा ख्याल गर्नु पर्ने कुरा घटनाले देखाएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्