आजदेखि पुनः मतदाता नामावली संकलन सुरु « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


आजदेखि पुनः मतदाता नामावली संकलन सुरु


325
Shares

काठमाडौं । निर्वाचन आयोगले आज (बुधबार) देखि मतदाता नामावली संकलन कार्य पुनः सुरु हुने भएको छ ।

आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न तथा नयाँ मतदाताको रुपमा नाम दर्ता गर्न सकिने जनाएको हाे । जुन जिल्लामा बसेको हो सोही जिल्लाको निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम लेखाउन वा अद्यावधिक गर्न सकिने पनि आयोगले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीमा बस्दै आएका अन्य जिल्लाका मतदाताले समेत काठमाडौं जिल्ला निर्वाचन कार्यालय बिजुली बजारबाट मतदाता नामावलीमा नाम लेखाउन सक्ने जनाएको छ ।

निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी आगामी मंसिरकाे पहिलो सातासम्म प्रदेश र संघीय निर्वाचन गर्ने गरी तयारी थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रदेश र संघको निर्वाचन मंसिर महिनाकाे पहिलो सातासम्म गर्ने गरी आयोगले तयारी थालेको बताउनुभयो।

एकै चरणमा निर्वाचन गर्दा मंसिरको पहिलो सातासम्म निर्वाचन गर्ने गरी आन्तरिक तयारी थालेको आयोगले जनाएको छ ।