
रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा कर्मचारीहरु आन्दोलित भएका छन् ।
उनीहरुले कार्यालयको मुख्य गेटमा ताला लगाएर आन्दोलित भएको हुन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत कर्मचारीहरुको ०७७ श्रावण महिना देखिको संचय कोष, नागरिक लगानी कोष, बिमा तथा सामाजिक सुरक्षा कर कट्टी रकम दाखिला नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत बनअधिकृत, रेञ्जर, फरेष्टर, बनरक्षक, जम्दार लगायत १ सय १० जना कर्मचारीको झण्डै ६० लाख रुपैया दाखिला नगरी अपचलन गरेको भन्दै उनीहरु काम काज छाडेर आन्दोलित भएको हुन् ।
कर्मचारी आन्दोलित भएपछि बनगस्ति देखि प्रशासनिक कार्य समेत अवरुद्ध भएको छ । सेबाग्रहीले सेबा पाउन बाट समेत बन्चित भएका छन । मधेश प्रदेश सरकार अन्तर्गत रहेको डिभिजन बन कार्यालय चन्द्रनिगाहपुरको प्रमुखको गैर जिम्मेबारीका कारण कर्मचारीहरु आन्दोलित हुनु परेको उनीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्