Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कांग्रेसका पूर्वमन्त्री गिरिद्धारा स्वास्थ्य सामाग्री सहयोग


13
Shares

                           

बाजुरा, बैशाख ८ । बाजुरा जिल्ला अस्पतालमा खटिने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको स्वास्थ्यलाइ मध्यनजर गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरिको पहलमा, कोरोना संक्रमण बाट स्वास्थ्यकर्मीलाई रोक्न जिल्ला अस्पताल बाजुरालाइ १८ पिस पिपिई, माक्स र ग्लब सहयोग गरेका छन् ।

पिपिई राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख, वरिष्ठ सामाजिक अभियन्ता,समाजसेवी महावीर पुनले सहयोग गरेका थिए ।

बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ मा बाजुरा जिल्ला भरीका गाउँपालिका, नगरपालिका, जिल्ला अस्पताल बाजुरामा खटिने स्वास्थ्यकर्मी लगायत र एम्बुलेन्स चालकको सुरक्षाहरुको आत्मवल बढाउने हेतुले समेत सानै भएपनि सहयोग गरेको नेपाली कांग्रेस नेता गिरिले जानकारी दिए ।

त्यस्तै हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जुना दानी, नेपाली कांग्रेस बाजुराका नेता देबबहादुर रोकाया, महिला संग बाजुरा अध्यक्ष अमृता सिंह, नेबिसंघ बाजुराका कार्यवाहक अध्यक्ष जनक थापा, नेपाल ट्रेड युनियन कांग्रेस युवा समिति बाजुरा अध्यक्ष भरत बुढा, जिपि युथ क्लब बाजुरा अध्यक्ष दिलिप कुमार थापा नेपाल प्रेस युनियन बाजुराका सचिव प्रशान्तराज जोशी लगाएतको सहभागीता रहेको थियो।

उक्त सामाग्री नेपाली कांग्रेस महासमिति सदस्य जुना दानीले स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तलाई हस्तान्तरण गरेका थिए ।