१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


बैतडीमा कांग्रेसका धामीको प्यानलै विजयी


364
Shares

बैतडी । जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेसका खगेन्द्रसिंह धामीको पूरै प्यानल विजयी भएको छ ।

जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको थियो भने नेकपा एमाले एक्लै चुनाव लडेका थियो । मंगलबार सम्पन्न निर्वाचनको सार्वजनिक मत परिणाम अनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले ८ मत प्राप्त गर्नुभएकाे छ ।

त्यस्तै, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवरले १० मत प्राप्त गर्नुभएकाे छ भने उहाँका प्रतिस्पर्धी एमालेका हेमा भट्ट (कपाडी) ले ८ मत प्राप्त गर्नुभयो । उपप्रमुखका दुई मत भने बदर भएका छन् । समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका हुनुभएको छ । ३ जना खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर विष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी हुनुभएको छ ।

त्यस्तै, ३ महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द र हरु नेपाली तथा माओवादी केन्द्रका निर्मला भट्ट विजयी हुनुभयो । साथै एक जना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आज (मंगलबार) पद तथा गोपनियताकाे शपथ ग्रहण गराउने तयारी भएको छ । जिल्ला न्यायधीश तिलकबहादुर कार्कीले प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु हुनेछ ।

उपप्रमुखसहित अन्य सदस्यहरुलाई भने प्रमुखले शपथ ग्रहण गराउनुहुने भएकाे छ ।