Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


निजगढ विमानस्थल बन्छ, यो शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो : अर्थमन्त्री शर्मा


403
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।

‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो, यसको लागि आफू जे पनि गर्न तयार छु,’ उहाँले भन्नुभयो, ‘यो जनार्दन शर्माको प्रतिबद्धता हो, शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’

अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गर्नुभयो ।

शर्माले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा बोल्दै अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनु भएको थियो ।