Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


घट्याे सुनचाँदीको मूल्य


26
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

सोमबार तोलामा एक हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी सोमबार प्रतितोला चार हजार सात सय ३० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।