काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दशत्र मंगलबार हुने भएको छ ।
सोमबार बिहान साढे ८ बजेदेखि शुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो । यसका लागि मंगलबार बिहान ७ बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण शुरु गरिने भनिए पनि बिहान ८ बजेसम्म पनि वितरण कार्य शुरु भएको छैन । आयोगका पदाधिकारी र पार्टीका महामन्त्री र सहमहामन्त्री लगायत छ्लफलमा जुटेकोले परिचयपत्र वितरण छिट्टै शुरु हुने जनाइएकाे छ ।
राति छपाइ भएका कार्ड प्रदेशमार्फत वितरण गरिने प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे । सात प्रदेश र समायोजन एवं प्रवाषका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने फार्टीले जनाएको छ। कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने रास्वपाले जनाएकाे हाे।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बन्दशत्रको शुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने बताउनुभयाे ।









प्रतिक्रिया दिनुहोस्