Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


टर्कीको नाम परिवर्तन भएपछि जनता खुशी


18.5k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघले टर्कीको नाम परिवर्तन गरेर टर्किए राख्नको लागि गरेको अनुरोधलाई स्वीकार गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकले टर्कीको नाम टर्किए राख्ने प्रस्ताव स्वीकृत दिएको जानकारी दिनुभयो । टर्कीको नाम परिवर्तन भएकोमा टर्कीका जनताले खुशी ब्यक्त समेत गरेका छन् ।

साथै टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट संयुक्त राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै सो निर्णय गरिएको प्रवक्ताले उल्लेख गर्नुभएकाे छ।

विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताउनुभयो।