नेपाल र ईजरायल सम्बन्ध ६२ वर्षमा प्रवेश « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Wed Jun 29 2022


नेपाल र ईजरायल सम्बन्ध ६२ वर्षमा प्रवेश


195
Shares

काठमाडौं । नेपाल ईजरायल सम्बन्ध ६२ वर्षमा प्रवेश गरेको छ ।

ईजरायली दूतावासले सुन्दरीजलस्थित बीपी संग्रहालयमा कार्यक्रम गरी दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने प्रतिवद्धता प्रकट गरेको छ ।

वि.स. २०१५ सालमा बनेको बीपी कोइराला नेतृत्वको सरकारले इजरायललाई स्वतन्त्र देशका रुपमा मान्यता दिने निर्णय गरेसँगै दुई देशबीचको निकटता बढेको हो ।

नेपालस्थित इजरेली दूताबासले गरेको कार्यक्रममा सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इजरायलले रोजगारीको अवसर दिएर गुन लगाएको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

इजरायली राजदुत हानन् गोडरले नेपाल र इजरायल बीचको सम्बन्ध जोगाउन जस्तोसुकै चुनौती मोल्न तयार रहेको बताउनुभयो । राजदुत गोडारले नेपालमा लोकतन्त्रको स्थापना हुनुमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाको महत्वपुर्ण योगदान रहेको जिकिर गर्नुभयो ।

सो अवसरमा दुई देशबीचको औद्योगिक, कृषि ,प्राविधिक तथा आर्थिक पक्षको बारेमा अन्तरक्रिया गरिएको थियो ।