इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार « Imagekhabar – Online News Portal of Nepal
१८ असार २०७९, शनिबार | Sat Jul 2 2022


इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार


234
Shares

एजेन्सी । इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डुब्दा २६ जना बेपत्ता भएका छन् ।

४३ जना सवार सो डुङगाबाट १७ जनाको उद्दार गरिएको छ ।

बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

बेपत्ताहरूको खोजीमा ४० जनाको उद्दार टोली खटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सुरक्षा सतर्कता व्यवस्थापन कमजोर भएका कारण हजारौं समुन्द्री द्विप रहेको इण्डोनेशियामा डुङगा दुर्घटना हुने गरेको बताइएको छ ।