२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024


रेड आर्मीकी सहसंस्थापन शिगेनोबू २० वर्षपछि रिहा


1.742k
Shares

एजेन्सी । जापानको एक लडाकु समूह रेड आर्मीकी सहसंस्थापक फुसाको शिगेनोबु २० वर्षको जेल जीवनपछि रिहा भएकी छन् ।

सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले जेल सजाय तोकेको थियो । सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबु प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन् ।

उनको समूहले आतंककारी कार्यमार्फत विश्वव्यापी समाजवादी क्रान्तिलाई उक्साउने लक्ष्य राखेको थियो । समूहका कार्यकर्ताले शृङ्खलाबद्ध बन्धक बनाउने, अपहरण गर्ने र इजरायली विमानस्थलमा घातक हमला गरेको थिए ।

सन् १९७४ मा हेगस्थित फ्रान्सेली दूतावासमा भएको आक्रमणको लागि उनलाई २० वर्ष जेल सजाय तोकिएको थियो । सो घटनामा रेड आर्मीका तीन जना लडाकुहरूले राजदूत र अन्य धेरैलाई १ सय घण्टासम्म बन्धक बनाएका थिए ।

शिगेनोबु आफैंले आक्रमणमा भाग लिइनन्, तर जापानी अदालतले उनले यसलाई समन्वय गर्न मद्दत गरेको ठहर गरेको थियो । यो समूहको अन्तिम ज्ञात कार्य सन् १९८८ मा इटालीमा अमेरिकी सैन्य क्लबमा कार बम विस्फोट थियो ।

जेलबाट रिहा भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले युद्धलाई प्राथमिकता दिएर, बन्धक बनाउने कार्यबाट निर्दोष मानिसहरूलाई क्षति पु¥याएकोमा माफी मागिन् ।

सन् १९७२ मा इजरायलको तेल अवीभको लोद एयरपोर्टमा भएको आक्रमणबाट २६ जनाको मृत्यु भएकोमा शिगेनोबुले दुःख व्यक्त गरिन् ।