सर्वोच्चको फैसलापछि पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


सर्वोच्चको फैसलापछि पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ


832
Shares

काठमाडौं । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेपछि फरार रहेका पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरका अनुसार केहीबेर अघि कोइराला बानेश्वरस्थित एक घरमा लुकिरहेको अवस्था समातिएका हुन् ।

सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे ८ वर्ष कैद कायम गरेपछि ०७७ साउन ८ गते कोइराला डिल्ली बजार कारागारबाट छुटेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले २०७७ असार १५ मा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष कायम गरिदिएको थियो ।

तर, बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएको थियो ।

सर्वोच्चको फैसला आएपछि बिहीबार दिउँसोबाटै कोइराला सम्पर्कविहीन भएका थिए ।