Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


चर्चित मोडल गरिमाले फिल्ममा डेब्यु गर्दै


819
Shares

काठमाडौं । चर्चित मोडल गरिमा शर्माले ‘लण्डन टु पेरिस’बाट फिल्म डेब्यु गर्न लागेकी छन् ।

मोडल शर्माले एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने फिल्म अभिनयका लागि हालै सम्झौता गरेकी हुन्। निर्देशक घनश्याम लामिछानेको निर्देशनमा बन्न लागेको फिल्म ‘लण्डन टु पेरिस’ मा मुख्य भुमिकाको लागि मोडल शर्मा छानिएकी छन् । निर्देशक लामिछानेले भने यसअघि धौली, अग्निदहन, पञ्चेबाजा जस्ता फिल्मकाे निर्देशन समेत गरिसकेका छन् ।

साे फिल्मको कथा, पटकथा तथा संवाद प्रदिप भारद्धाजले लेखेका हुन् । यस फिल्ममा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता र सह–निर्माता अजित सिंह रहेका छन् । आधुनिक प्रेम कथामा बन्न लागेको फिल्ममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि रहेकी छन् ।

साथै साेही फिल्मका अभिनेताकाे नाम भने अहिलेसम्म सार्वजनिक भएकाे छैन् ।

Skip This