अर्थतन्त्रप्रति सरकार अराजक बनेको एमाले अध्यक्ष ओलीको आरोप « Imagekhabar – Online News Portal of Nepal
२३ असार २०७९, बिहीबार | Thu Jul 7 2022


अर्थतन्त्रप्रति सरकार अराजक बनेको एमाले अध्यक्ष ओलीको आरोप


65
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा भएको आरोप लगाउनु भएको छ ।

बिहिबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा भएको छलफलमा भाग लिदै ओलीले सरकारको नीति तथा कार्यक्रम शब्दजालको पुलिन्दा, तर तेलमा तारिएको र चास्नीमा डुवाउन बाँकी रहेको जेरी जस्तो भएको उल्लेख गर्नु भयो । उहाँले अर्थतन्त्रका सम्बन्धमा बर्तमान गठबन्धन सरकार अराजक भएको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष ओलीले नीति तथा कार्यक्रमले भ्रष्टाचारलाई मार्गप्रशस्त गरेको र राज्य संयन्त्रमा अनिश्चयको संकेत गरेको दाबी गर्नुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रमलाई अस्थिरताको घोषणापत्रको संज्ञा समेत दिनुभयो ।