बसको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


बसको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु


91
Shares

कपिलवस्तु । जिल्लामा बसको ठक्करबाट एक युवकको ज्यान गएको छ ।

गोरुसिंगे बनगाई सड्क खण्डमा बुधबार विहान धनगढीबाट बुटवल जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार कपिलवस्तु नगरपालिका–९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको हो ।

टिप्परलाई ओभरट्याक गर्ने क्रममा बसले साइकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जनाएको छ ।

बसको ठक्करबाट घाइते चौधरीलाई उपचारका लागि तौलिहवा अस्पतालमा लैजाने क्रममा ज्यान गएको हो ।

ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको छ ।