
web pic
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–९ मा मंगलबार राति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
एयरपोर्टबाट पृथ्वीचोक तर्फ आउँदै गरेको ग १९ प ५२१ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटरमा पछाडि सवार पोखरा महानगरपालिका–३३ तल्लो पुडिटारका अन्दाजी ४० वर्षीय किशोर कुमार थापाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको हो ।
यसैगरी, दुर्घटनामा सामान्य घाइते भएका स्कुटर चालक ३० वर्षीय नागेन्द्र के.सी.को सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्