सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु


689
Shares

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा मंगलबार राति बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

काँकरभिट्टाबाट काठमाडौं आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले पैदल हिडिरहेकी अन्दाजी ४० वर्षीया महिलालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको सनाखत हुन बाँकी रहेको छ ।

ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।