युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै


2.405k
Shares

काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएकाे मंगलबार ३ महिना पूरा भईसकेकाे छ ।

तर युद्ध राेकिने संकेत भने देखिएकाे छैन् । झनै युक्रेनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । पछिल्लो समय रुसी सेनाले गरेको आक्रमणमा १४ जना सर्वसाधारण मारिएका छन् । युक्रेनको डोनेत्क्स र लुहान्स्क शहरमा गरिएको आक्रमणमा १४ जना मारिएका छन् भने थुप्रै घाइते भएका छन् । खार्किभमा रुसी सैनिकको गोली प्रहारबाट ६९ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

रुसी सेनाले सो शहरलाई चारैतिरबाट घेरा हालेको छ । यता बेलायतका १ सय ५४ सांसदलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । रुसी विदेश मन्त्रालयले मंगलबार उनीहरूलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरुद्धमा खरो रुपमा उभिएकाले उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको जनाइएको छ।

गत २४ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि विश्वभरबाट त्यसको विरोध भइरहेको छ।