Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई


260
Shares

काठमाडौं । यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ।

सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। खेलको ७६ मिनेटसम्म २–० ले पछि परेको म्यानचेस्टर सिटीका लागि सब्सटीच्युट खेलाडी इके गुन्डोगानले दुई गोल गर्दै लिग उपाधि पक्का गरेका थिए। सिटीको लागि अर्को एक गोल रोड्रीले गरेका थिए। जितसँगै किर्तीमानी प्रशिक्षक पेप ग्वार्डीयोलाले इंग्लीश फुटबलमा ६ वर्षको अन्तरालमा ११ औं उपाधि सुरक्षित गरेका थिए।

यो जितसँगै म्यान्चेस्टर सिटीले ३८ खेलबाट ९३ अंक बटुल्दै उपाधि जितेको हो। ९२ अंक जोडेको लिभरपुल भने दोस्रो स्थानमा समेटिएकाे छ। लिभरपुलले आइतबार रातीको खेलमा वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–१ ले पराजित गरेकाे छ। यसैगरि वाट्फोर्डलाई २–१ ले पराजित गरेको चेल्सीले तेस्रो स्थानमा लिग सकाउदा नरिच सिटीलाई ५–० ले पाखा लगाउदै टोटनह्याम हट्सपरले चौथो स्थान सुरक्षित गरेकाे छ। यस पटक आर्सनल पाँचौ भएकाे छ भने म्यान्चेस्टर युनाइटेड छैटौं तथा वेष्ट ह्याम युनाइटेड सातौं भएकाे छ। अन्तिम खेलमा न्युकासल युनाइटेडसँग २–१ ले पराजित भएको बर्न्ले रेलीगेशनमा परेकाे छ।

यसअघि नरिच सिटी र वाट्फोर्ड पनि रेलीगेशनमा परिसकेका छन्।