१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


442
Shares

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका –९ दमकडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सराईबाट तानसेनको बाँसटारीतर्फ आउने क्रममा लु ७७ प २१३२ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा तिनाउ गाउँपालिका –५ मस्यामका २२ वर्षीय योगेश रास्कोटीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका रास्कोटीको उपचारको क्रममा आइतबार लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडी सवार रहेको बुझिएको छ । मोटरसाईकल चालक २४ वर्षीय जनक राना घाइते भएका छन् ।