 
	    एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले महिला अधिकारमाथि पुनः बन्देज लगाएको छ ।
तालिबानले अफगानिस्तानका महिला टेलिभिजन प्रस्तोताहरूलाई टेलिभिजनमा आफ्नो अनुहार छोप्न आदेश दिएको छ ।
यो आदेश महिला टेलिभिजन प्रस्तोताहरूले कार्यान्वयन समेत गरेका छन् । तर, अफगानिस्तानका महिला अधिकारकर्मीहरूले सामाजिक सञ्जालमा यो नयाँ प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो ।
अफगानिस्तानमा सत्ता हत्याएको तालिबानले पछिल्लो रवैयाप्रति मानवअधिकारवादी संस्थाहरूले समेत विरोध जनाएका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्