१९ कार्तिक २०८१, सोमबार | Tue Nov 5 2024


मरियुपोल शहरमा ९ सय युक्रेनी सेनाले आत्मसमर्पण गरेको रुसको दाबी


338
Shares

एजेन्सी । रुसले युक्रेनको मरियुपोल शहरमा रहेका ९ सय सैनिकले आत्मसमर्पण गरेको दाबी गरेको छ ।

मरियुपोलको एजोभ्स्टल स्टील कारखानामा फसेका सर्वसाधारण र सेनाको उद्धार गरिसकेको अवस्थामा आत्मसमर्पण गरेकाहरूलाई रुसको कैदी राख्ने क्याम्पमा लगिएको रुसी अधिकारीहरूले जनाएका छन् ।

रुसी अधिकारीहरूका अनुसार ३ दिनको अवधिमा १७ सय ३० जना युक्रेनी सेनाले आत्मसमर्पण गरेको जनाएको छ ।

यता युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसलाई पतनको बाटोमा अग्रसर भएको आरोप लगाउनुभएको छ ।

साथै उहाँले रुसी सेनाले घेरा हालेको युक्रेनको दक्षिणी क्षेत्रको केही भाग युक्रेनले फिर्ता लिइसकेको दाबी गर्नुभयो ।