युगान्डाद्धारा नेपाललाई १०३ रनको लक्ष्य « Imagekhabar – Online News Portal of Nepal
१३ असार २०७९, सोमबार | Tue Jun 28 2022


युगान्डाद्धारा नेपाललाई १०३ रनको लक्ष्य


104
Shares

काठमाडौं । युगान्डाविरुद्धको पहिलो टी-२० अन्तराष्ट्रिय खेलमा नेपालले १०३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डा महिला टिमले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय दुई रन बनायो ।

युगान्डाले सुरुवात राम्रो गर्न सकेन । मात्र एक रन हुँदा पहिलो विकेट गुमायो । ओपनर लियोना बाबरीलाई कविता कुँवरले खाता खोल्न नपाउँदै आउट गरिन् ।

खेलमा कविता कुवँले दुई तथा रुविना क्षेत्री, कविता जोशी र इन्दु बर्माले एक एक विकेट लिइन् । अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको १५ बर्षपछि नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा पहिलो पटक आज अन्तराष्ट्रिय टी २० सिरिज खेल्दैछ । नेपालले युगांडाविरुद्ध पाँच टी २० को सिरिज खेल्नेछ ।

नेपाली महिला क्रिकेट टिमले अन्तिमपटक सन् २०१९ को सागमा पोखरामा प्रतियोगिता खेलेको थियो । तर कीर्तिपुर मैदानमा नेपाली महिला टिमले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।