
सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गोपाल पजियारले अग्रता कायमै राख्नुभएको छ ।
हालसम्ममा पजियारले ६ हजार १५८ मत ल्याएर अग्रता कायमै राख्नुभएको हो । नेकपा माओवादी केन्द्रका सुनिल कुमार बुढाथोकीले ३ हजार ५०८ मत तथा नेकपा एकीकृत समाजवादीका जमिरुदिन मंसुरले २ हजार २५५ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी उपमेयरमा पनि कांग्रेसकै उम्मेदवार निलम देवी राय यादवले ४ हजार ८८३ मत ल्याई अग्रता कायम राख्नु भएको छ । उपमेयरमा एकीकृत समाजवादीकी शिला कार्कीले ३ हजार ५४५ मत तथा माओवादीकी अनिता देवीले ३ हजार १०६ मत प्राप्त गर्नु भएको छ ।
९ वटा वडा रहेको नगरपालिकामा वडा नं. ५ र ६ को मतगणना बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्