काठमाडौं, साउन २८ । सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई हटाउने तयारीस्वरुप फेरि स्पष्टीकरण सोधेको छ ।
पहिलो स्पष्टीकरण सोधेको तीन महिनामा सरकारले शुक्रबार राजभण्डारीलाई अर्को स्पष्टीकरण सोधेको हो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले हस्ताक्षर गरेको स्पष्टीकरण राजभण्डारीलाई शुक्रबार बेलुका दिइएको थियो । ‘तपाईलाई किन बर्खास्त नगर्ने’ स्पष्टीकरण मागिएको पत्रमा लेखिएको छ ।
तीनदिने म्याद रहेको स्पष्टीकरणको जवाफ मन्त्रालयलाई आइतबार पेश गरेको प्रवन्ध निर्देशक राजभण्डारीले जानकारी दिइन् ।
मन्त्रिपरिषद बैठकले दिएको निर्देशन पालना नभएकाले राजभण्डारीलाई स्पष्टीकरण सोधिएको मन्त्रालय स्रोतको दाबी छ । –कान्तिपुर दैनिकबाट




प्रतिक्रिया दिनुहोस्