
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति भण्डारीले अध्यादेश जारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी भएको हो ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्