Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारमा कोरोना संक्रमण नभएको पुष्टी


0
Shares

बागलुङ, चैत २३ । कोरोना संक्रमित बाग्लुङकी ६५ वर्षीया महिलाको परिवारका कुनै पनि सदस्यमा कोरोना भाइरस संक्रमण नभएको पुष्टी भएको छ ।

बाग्लुङ नगरपालिका–३ गांैडाकोटस्थित घरमा बस्दै आएकी संक्रमित महिलाको परिवारका चार सदस्यको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वाब परीक्षण गरिएकोमा उनीहरु सवैको नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

गत बिहीबार कोरोना संक्रमण पुष्टि भएकी महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

उनका ८८ वर्षीय ससुरा, कान्छी बुहारी र २ नाती समेत चार जनाको स्वाब परिक्षण गरिएको हो । बाग्लुङकै अर्की संक्रमित युवतीको परिवारका सदस्यहरुको स्वाब परिक्षणको पनि नेगेटिभ रिपोर्ट आएको थियो ।