Logo ३१ श्रावण २०८३, आइतबार | Mon Aug 17 2026


चौधरी ग्रुपका संस्थापक लूनकरणदासको जन्म–शताब्दी मनाइयो


299
Shares

काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपका संस्थापक स्वर्गीय लूनकरणदास चौधरीको ‘जन्म–शताब्दी विशेष समारोह’एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

काठमाडौंको थापाथलीस्थित बिएलसी होल्डिङ्स परिसरमा स्वर्गीय चौधरीको जन्म–शताब्दी विशेष समारोह आयोजना गरिएको हो ।बिएलसी होल्डिङ्स प्रालि, बसन्त चौधरी फाउण्डेसन, नर्भिक इन्टरनेशनल हस्पिटल र श्री लूनकरण दास गंगादेवी चौधरी साहित्यकला मन्दिरको संयुक्त आयोजनामा लूनकरणदास चौधरीको जन्मिएको १ सय वर्ष भएको दिनलाई विशेष रुपमा सम्झिने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ‘कर्मयोगी लूनकरणदास चौधरी जन्म–शताब्दी विशेष’ नामक पुस्तिका चौधरीका छोराछोरी, बुहारी, ज्वाई तथा परिवारका अन्य सदस्यहरुले संयुक्त रुपमा विमोचन गरेका थिए ।

कार्यक्रममा स्वर्गीय चौधरीको ‘जीवन संघर्ष’ झल्किने १५ मिनेटको भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो ।भिडियो सामाग्री तथा पुस्तिकामा लूनकरणदास चौधरीले कसरी चौधरी ग्रुपको आधारशिला तयार गरेका थिए भन्ने चाखलाग्दो विषयलाई समेटिएको छ ।कार्यक्रममा स्वर्गीय लूनकरणदासलाई नजिकबाट चिन्ने साथीभाई तथा परिवारका सदस्यहरुले उहाँको व्यक्तित्वको विषयमा चर्चा गरेका थिए ।