इलाममा गाडिएको अवस्थामा एक महिलाको शव फेला « Imagekhabar – Online News Portal of Nepal


इलाममा गाडिएको अवस्थामा एक महिलाको शव फेला


1.612k
Shares

इलाम । इलामको सिङफ्रिङमा एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ ।

उक्त शव स्थानीय विनिता काफ्लेको भएको प्रहरीले जनाएको छ ।

दुई दिनदेखि हराएको भन्ने सुचनाका आधारमा खोजीमा जुटेको प्रहरीले शव गाडेको अवस्थामा फेला पारेको इलामका प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शवलाई पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।