Logo ६ माघ २०८२, मंगलबार | Wed Jan 21 2026


अमेरिकामा आँधीका कारण सयौं नागरिक घरबारबिहिन


910
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कन्सस राज्यमा आएको आँधीका कारण सयौं नागरिक घरबारबिहीन भएका छन।

भारी वर्षापछि आएको आँधीले घरका छतहरु उडाउनुका साथै सयौं घरहरु ध्वस्त भएका छन। आँधी प्रभावित क्षेत्रहरूमा सयौं सवारी साधनहरू समेत नष्ट भएका छन । आँधी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । कन्सस राज्य लगाएत अयोवा, मिसौरी र नेब्रास्कामा जनता पनि आँधीको चपेटामा परेका छन।

हावा हुरीले ती शहरहरुको बिजुलीको पोल ढाल्नुका साथै यातायात सेवा समेत अवरुद्ध भएको छ । यसैगरी अमेरिकाको बिचिटा शहरमा मात्रै एक सय वटा संरचना समेत ध्वस्त भएका छन ।

अमेरिकाको कन्सस राज्यमा आँधी प्रभावितको उद्धारका लागि सयौंकाे संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ ।