पोखरामा दिउँसै अन्धकार ! « Imagekhabar – Online News Portal of Nepal


पोखरामा दिउँसै अन्धकार !


5.226k
Shares

पोखरा । पोखरामा पानी पर्दा दिउँसो ४ बजे नै अन्धकार भएको छ ।

मंगलबार दिउँसो साढे ३ बजेपछि भएको हावाहुरी र वर्षाका कारण दिउँसै अन्धकार भएको हो ।

पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण अहिले पोखरामा मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुईपांग्रे सवारी साधन तथा पैदलयात्रु बिच बाटोमै रोकिएका छन् ।

यस्तै दिउँसो परेको पानीले बढ्दो गर्मीमा राहत मिलेको छ । पोखराको पछिल्लो २४ घण्टाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १९.४ सेल्सियस मापन गरिएको छ ।

२०६७ सालमा वैशाख २९ गते पनि पोखरामा दिउँसै अन्धकार भएको थियो ।