Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सुदूरपश्चिमको घटाल मेला आज


351
Shares

डडेल्धुरा । सुदूरपश्चिमको प्रसिद्ध घटाल मेला आज सम्पन्न हुँदैछ । प्रत्येक वर्ष वैशाख २ गते बिशु पर्वको रुपमा पुजिने श्री असिग्रामेश्वर घटाल देवताको मेलामा धामीले बालुवा खाएको दृष्य हेर्न टाढाटाढाबाट हजारौं दर्शनार्थी भक्तजनहरु यस मेलामा आउने गर्दछन् ।

देवताहरुका राजा देवराज ईन्द्रका भानिज एवं महाभारतका चर्चित योद्धा पाण्डव भिमकी पत्नी हिडम्बाका पुत्र घटोत्कचको महाभारत युद्धमा भएको मृत्युपछि कलियुगमा प्रभावशाली देवताका रुपमा पुजिने बरदान प्राप्त भइ प्रकट भएकाले प्राचिन कालदेखि ठूलो मेला लाग्दै आएको छ ।

पिशाचरुपी देवताका रुपमा पुजिने अत्यन्त शक्तिशाली घटाल देवताको मेलामा आफ्ना मनोकांक्षा सिद्ध गर्न र संकट मोचन गर्न सुदूरपश्चिमका जिल्लाहरुबाट यहाँ पुग्ने गरेको घटाल क्षेत्र विकास समितिले जनाएको छ ।

Skip This