को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ? « Imagekhabar – Online News Portal of Nepal


को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ?


10.738k
Shares

काठमाडौं । शहबाज शरीफ अन्ततः पाकिस्तानको २३औं प्रधानमन्त्री चयन हुनुभएको छ । संसदको १ सय ७४ सांसदको समर्थमा उहाँ पाकिस्तानको प्रधानमन्त्री चुनिनुभएको हो ।

सन् १९५१ मा पाकिस्तानको लाहोरमा जन्मनुभएका शहबाज आफ्नो परिवारका साथको भारतको पञ्जाबको अमृतसरमा एक गाउँमा बसोबास गर्दै आउनुभएको थियो । सन् १९४७ मा भारत विभाजनपछि उहाँको परिवार पाकिस्तानको लाहोर पुगेको हो ।

लाहोरको एक विश्वविद्यालयबाट स्नातक सम्मको पढाइ गर्नुभएका शहबाजले त्यसपछि आफ्ना पिताको व्यवसाय सम्हाल्नुभएको थियो । सन् १९८८ मा पाकिस्तान पञ्जाब विधानसभा र सन् १९९० मा नेशनल एसेम्ब्लीमा नेता चुनिनुभएका उहाँ सन् २०१८ सम्म नेशनल ऐसेम्ब्ली रहिरहनुभयो ।

शहबाज सन् १९९७ देखि सन् १९९९ सम्म पाकिस्तानको पञ्जाब प्रान्तको मुख्यमन्त्री समेत हुनुभएको थियो । मुख्यमन्त्री पदमा रहँदा उहाँले बेइजिङद्वारा वित्तपोषित परियोजनाहरूमा चीनसंग निकट रहेर प्रशासनिक कौशलता प्रदर्शन गर्नुभएको थियो ।

सन् २०२२ मा पाकिस्तानको विपक्षी दलका नेता समेत रहनुभएका शहबाज कुशल कुटनितिज्ञको रूपमा पनि परिचित हुनुहुन्छ । पाकिस्तानको प्रभावकारी प्रशासकको रूपमा परिचित व्यक्तित्व बनाउनुभएका शहबाजको पाकिस्तानको सैन्य संयन्त्रसँग सुमुधर सम्बन्ध छ ।

संयुक्त राष्ट्रसंघको महासभामा पटक–पटक पाकिस्तानको नेतृत्व गर्नुभएका उहाँको विचारधारा पाकिस्तानमा निकै चर्चामा रह्यो । चीन मात्र नभई अमेरिकासँग पनि राम्रो सम्बन्ध रहेका शरीफ सन् १९९९ मा पाकिस्तानमा भएको विद्रोहपछि जेल चलान हुनुभएको थियो ।

जेल चलानकै क्रममा उहाँलाई साउदी अरबमा निर्वासित गरिएको थियो । सम्पत्ति लुकाएको आरोपमा उहाँका दाजु नवाज शरीफ दोषी ठहर भएपछि सन् २०१७ मा शहबाजले पाकिस्तान मुस्लिम लिग नामक पार्टी सुरु गर्नुभयो ।

शहबाजका दुई दाजुमध्ये नवाज शरीफ पाकिस्तानका लागि ३ पटक प्रधानमन्त्री भइसक्नुभएको छ भने अर्का दाजु मियाँ अब्बास शरीफ पाकिस्तानका एक राजनेताको रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको सन् २०१३ मा निधन भएको थियो । पछिल्लो समय बहुविवाह र अवैध धनसम्पत्ति आर्जन गरेको भन्दै शहबाजको आलोचना भएको थियो ।

एजेन्सीकाे सहयाेगमा