Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सर्लाहीको मलंगवामा गोली चल्यो, एक युवक घाइते


637
Shares

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ गोली चलेको छ ।

बुधबार साँझ साढें ७ बजेतिर मलंगवा नगरपालिका–९, कृष्णामति माविको कम्पाउण्ड पूर्व रिङरोड नजिक गोली चलेको हो ।

घटनास्थलमा गोली लागेर घाइते अवस्थामा एक युवक फेला परेका छन् । अन्दाजी ३० वर्षका घाइते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले घाइतेको पहिचान खुलिनसकेको र गोली कसले चलायो भन्ने विवरण नआइसकेको जानकारी दिनुभयो ।

‘घटना केहीबेर अघिमात्र भएको हो, अहिले हामी घटनाबारे गम्भीर ढङ्गले अनुसन्धान गरिरहेका छौं, घटनास्थलमा अनुसन्धान टोली परिचालन भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘विस्तृत विवरण आउन केही समय लाग्नेछ ।’

घाइते युवकलाई गोलीमात्रै लागेको हो कि अन्य हतियारले पनि आक्रमण भएको भन्नेबारे खुलिसकेको छैन ।