
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ ।
उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे । प्रधानमन्त्री देउवा केही बेरअघि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएकाे हाे ।
प्रधानमन्त्री देउवा आइतबार बिहान नयाँदिल्लीबाट बनारस प्रस्थान गर्नुभएको थियो । उहाँले बनारसमा ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा वृद्धाश्रमको शिलान्यास समेत गर्नुभएको थियो ।
बनारसबाट चार बजे नयाँदिल्ली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं आईपुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्