Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


शिक्षा क्षेत्रको विकासमा राष्ट्रपतिकाे जाेड


130
Shares

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रको विकासमा जाेड दिनुपर्ने बताउनुभएकाे छ ।

भुकम्पले क्षती पुर्याएको सिन्धुपाल्चोकस्थित पाँच पोखरीको थाङ्पाल भ्याली विद्यालयको उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । विद्यालयलयको आज (आइतबार) उद्घाटन गर्दै भण्डारीले विद्यालय स्थापनाले शिक्षा क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभएकाे हाे।

उहाँले विनासकारी भुकम्पले शिक्षा क्षेत्रमा पुर्याएको क्षतीपछि बनेको विद्यालय भवनले यस क्षेत्रको शिक्षामा थप टेवा पुग्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ ।

त्यस्तै, उद्घाटन कार्यक्रममा बाेल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले पनि विद्यालयको विस्तारले शिक्षा क्षेत्रमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयोे ।

उहाँले सरकारी विद्यालयको भौतिक तथा शैक्षिक विकास गर्न सरकार प्रतिवद्ध रहेको समेत बताउनुभएकाे छ ।