Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


बिचौलियाका कारण भ्रष्टाचार नियन्त्रणमा कठिनाई


52
Shares

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यले बिचौलियाका कारण सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणमा कठिनाई भएको बताउनुभएको छ।

आयोगको बुटवल कार्यालयले परासीमा आज (बिहिबार) आयोजना गरेको ‘भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक कार्यक्रममा श्रेष्ठले बिचौलियालाई निरुत्साहित नपारेसम्म भ्रष्टाचार नियन्त्रणमा समस्या आउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएकाे हाे ।

उहाँले जनप्रतिनिधिहरुको दवावमा काम गर्दा पनि कर्मचारीहरु भ्रष्टाचारमा पर्ने गरेकोले राष्ट्रलाई दुरगामी असर पार्ने काम नगर्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई आग्रह गर्नुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका प्रमुख योगन्द्रप्रसाद पाण्डेले यस आर्थिक वर्षमा पश्चिम नवलपरासीका स्थानीय तहका सबै भन्दा बढी ७० वटा उजुरी परेको बताउनुभयो ।

कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, लेखा अधिकृत, प्राविधिकलगायत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।