२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


संकटमा ठेकी बनाउने चँदरा पेसा


208
Shares

भोजपुर । परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो ।

संरक्षणको अभाव तथा पुस्तान्तरण नहुँदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् । धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गर्दै आएका टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए ।

विश्वकर्माले भने, ‘यो हाम्रो पुख्र्यौली पेसा संकटमा पर्न थालेको छ । मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् । खोलाखोल्सीमा चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम हुन्छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो ।’

यो समाचार आजको राजधानी दैनिकमा छ ।