स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद सहित एक पक्राउ « Imagekhabar – Online News Portal of Nepal


स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद सहित एक पक्राउ


598
Shares

काठमाडौं । कास्कीबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रूपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–२ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा. ३ ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडा कास्कीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।