
काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७–० ले पराजित भएको हो ।
भारतले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा चार गोल गरेको थियो । भारतको फराकिलो जितमा लेन्डा कोम सेर्टोले दुई तथा सुजिस पोट्टेकाट, अपुर्णा नार्जरी, पुर्णिमा कुमारी, सुनिता मुन्डा र नितु लिन्डाले एक एक गोल गरेका थिए ।
जितसँगै उपाधि दावेदार भारतले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।
दोहारो राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।
अब नेपालले दोस्रो खेलमा भोलि बंगलादेशको सामना गर्नेछ । यस्तै, मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
राउण्ड रोबिन लिगको शिर्ष स्थानमा रहने टोलीले १८ वर्ष मूनीको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्