६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


संखुवासभा बस दुर्घटनामा मृत्यु भएकालाई मादी नगरपालिकाले जनही १ लाख रुपैयाँ दिने


78
Shares

काठमाडौं । संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिनुभयो ।

यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजारसमेत दिने भएको छ । मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको प्रमुख सुब्बाले बताउनुभयो । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उहाँको भनाइ छ ।

मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटना हँुदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रमुख सुब्बाले बताउनुभयो ।