१० फाल्गुन २०८०, बिहिबार | Fri Feb 23 2024


प्रदेशमा काम गर्न अप्ठ्यारो : मुख्यमन्त्री पोखरेल


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले सहयोग नगर्दा प्रदेशमा काम गर्न अप्ठ्यारो भएको गुनासो गर्नुभएको छ ।

बिहीबारदेखि सुरु भएको गण्डकी प्रदेशको नबौँ अधिवेशनलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकार गठन भएको चार वर्ष बितिसक्दा पनि संघीय सरकारले कानुन नबनाइदिएका कारण कतिपय काम अघि बढ्न नसकेको बताउनुभयो ।

स्थानीय तह र प्रदेश सरकारलाई अधिकार दिन संघीय सरकार उदासिन देखिएको उहाँको गुनासो छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्वा गुरुङले आफ्नो नेतृत्वमा भएका कामलाई वर्तमान सरकारले निरन्तरता दिन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो ।