
बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा कोरोना भाइसरको सम्भावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ ।
कोरोनाको संक्रमण भएका शंकास्पद बिरामीको उपचार तथा परामर्शका लागि ‘आइसोलेसन वार्ड’ तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।
धौलागिरी अञ्चल अस्पतालका साथै निजी अस्पतालहरुलाई पनि ‘आइसोलेसन वार्ड’को तयारी गर्न प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले निर्देशन दिएका छन् ।
अहिले सामान्य रुघाखोकी र ज्वरो आएका बिरामीहरु पनि कोरोनाको लक्षण भएको भन्दै परीक्षणका लागि आउने क्रम बढेको धौलागिरी अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्