Logo २० असार २०८३, शनिबार | Sun Jul 5 2026


आज बिहानदेखि काठमाडौं लगायत धेरै ठाउँमा मेगगर्जनसहित वर्षा


0
Shares

काठमाडौं । पश्चिमी वायु एवं स्थानीय वायुको प्रभावले आज देशभर मेग गर्जनसहित हल्का वर्षा हुने र केही हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

काठमाडौं लगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंसिक देखि सामान्य बदली रहेको छ ।

देशको पश्चिमी भूभागका केहि स्थानमा लगाएत मध्य र पू्र्वी भूभागका थोरै स्थानमा वर्षा भइरहेको छ । 

भोलि (आइतबार) पनि देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षा हुने र माथिल्लो भागमा हिमपात हुनसक्ने महाशाखाको अनुमान छ । आइतबार बाट भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 देशका केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्, हावाहुरी, असिना सहित वर्षाको सम्भावना रहेको साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउनुहुन महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसबीच रहने छ ।