२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


डोल्पामा कोरोना नभएको पुष्टि


0
Shares

डोल्पा, फागुन २३ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोग कोरोना नभएको पुष्टि भएको छ ।

स्थलगत रुपमा प्रदेशबाट गएको टोलीले १ सय ९० जनाको स्वास्थ्य परीक्षण गरेको थियो ।

रोगको लक्षण हेर्दा सिजिनल फ्लु जस्तो देखिएपछि तीनजनाको टेकुमा गरिएको ल्याब परीक्षणबाट कोरोना नभएको पुष्टि भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टर इन्द्र ब. थापाले जानकारी दिए ।

एक हप्तादेखि स्थानीयहरु विरामी परेको भन्ने खबर पाएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पताल सुर्खेतको टोली उक्त स्थानमा पुगेको थियो ।

सदरमुकामदेखि करिब ६ घण्टाको पैदल दुरीमा सो क्षेत्रमा स्वास्थ चौकी त्रिपुराकोटको टोलीले समेत विशेष निगरानी गरिरहेको छ ।

चिसो मौसम र सरसफाइको कमीका कारणले देखिएको समस्या अहिले क्रमिक सुधार भइरहेको बताइएको छ ।