काठमाडौं । युक्रेनमा रुसले गरेको सम्भावित युद्ध अपराधका विषायमा अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले अनुसन्धान गर्ने भएको छ ।
आइसीसीका प्रमुख अभियोजक करिम खानले फेबु्रअरी २४ देखि युक्रेनको पछिल्लो अवस्थाको प्रारम्भिक अध्ययन गर्दा रुसले युद्ध अपराध गरेको हुन सक्ने देखिएको भन्दै त्यस सम्बन्धमा अनुसन्धान गर्नेे बताउनुभएको हो ।
बेलायत र अन्य ३८ राष्ट्रले रुसले युद्ध अपराध गरेको हुन सक्ने भन्दै तत्काल अनुसन्धान गर्न आइसिसीलाई सिफारिस गरेका थिए । त्यसलगत्तै खानले अनुसन्धान थाल्ने घोषणा गर्नुभएकाे थियो ।
खानले थप अनुसन्धान गरी आइसिसीले त्यसको प्रक्रिया अघि बढाउने पनि बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्