४ असार २०८१, मंगलबार | Tue Jun 18 2024


प्रधानन्यायाधीश राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता


403
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता भएको छ ।

प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताब फिर्ता गर्न र उहाँलाई तत्काल पुनर्वाहाली गर्न माग गर्दै संवैधानिक ईजलासमा रिट दायर भएको हो ।

प्रधानन्यायाधीश राणा विरुद्ध संविधान मिचेर महाअभियोगको प्रस्ताब ल्याइएको भन्दै अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्रले रिट दायर गरेका हुन् ।

सत्तारुढ पाँच दलका ९८ जना सांसदहरुले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग लगाउनुको २१ कारण सहित प्रस्ताव दर्ता भएको हो । जसमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले हस्ताक्षर गरेका थिए ।

रिटमा प्रतिनिधिसभाका सभामुख, संघीय संसदको सचिवालय, नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई विपक्षी बनाइएको छ ।

प्रधानन्यायाधीश राणालाई पूर्ण जिम्मेबारीका साथ यथावत राख्न लगायत २१ बुँदे माग गरिएको छ ।

रिट निवेदनको पूर्ण पाठ :