८ असार २०८१, शनिबार | Sat Jun 22 2024


२७ जना कन्या कुमारीको बेल विवाह


741
Shares

काठमाडौं, फागुन ११ । नेवार परम्परा अनुसार कन्या कुमारीहरुको इहि (बेल विवाह) संस्कार गरिएको छ ।

केन्द्रीय मानन्धर संघले बुधबार गरेको छैठौं इहि मुना कार्यक्रममा २७ जना बालिकाहरुको इहि गरिएको हो ।

इहिमा बालिकाहरुको कहिल्यै नकुहिने फल बेलसँग विवाह गरिन्छ । बालिकाहरुलाई मौलिक नेवार पहिरन र गरगहनाले सजाएर इहि गरिएको थियो ।

सुवर्ण कुमार (हिरण्य गर्भः) सहितको बेलमा कन्यालाई बुबाले समर्पण गरेपछि भोलिपल्ट मात्र इहि संस्कार सम्पन्न हुन्छ । कन्याका आफन्तजनहरुले कन्यालाई बार्हाछुइगु अर्थात चामल, पैसा र शौभाग्य सामाग्रीसहित भिक्षा दिने गर्दछन् ।

घर प्रवेश गर्दा घरको ढोका अगाडि रहेको पिखालखु द्यः अर्थात भगवान कुमारको प्रतीकसंग कन्यालाई उभ्याएर सलः पाः समाउन लगाइ त्यसमा घरको मूलीबाट भिक्षा दिने परम्परा छ ।

बालिकालाई बाल विवाहबाट जोगाउन नेवार समुदायमा यस्तो बेलविवाहको प्रचलन चलेको मानिन्छ ।