
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
बुटवल, फागुन १६ । नेपाली सेनाले भूतपूर्व सैनिकहरुलाई संगठित गर्न थालेको छ । अहिलेसम्म करिब ८५ हजार भूपू सैनिकलाई सेनाले संगठित गरेको हो ।
भूपू सैनिकहरुको तेस्रो चरणको सम्मेलन बुटवल र नेपालगन्जमा सम्पन्न गरिएको छ ।
भूपू सैनिक कविन कामी । जो पक्षघातबाट पीडित हुँदा पनि देशका लागि केही गर्न चाहन्छन् । यस्तो अवस्थामा पनि उनको जोश र जाँगर देख्दा लाग्छ, देशमा सपुतहरुको कमी छैन ।
कविनजस्ता धैरै भूपू सैनिकहरु छन्, जो देशको विकास र सुरक्षाका लागि केही गर्न चाहन्छन् ।
सेनाबाट अवकास भएपछि सामाजिक कार्यमा रहेका अर्का भूपू सैनिक रामजी ठकुरी पनि आवश्यक पर्दा देशका लागि ज्यानै दिन तयार रहेको बताउँछन् ।
भूपू सैनिक धर्मध्वज कुँवर नेपाली सेनापछि भूपू सैनिक देशको दोस्रो शक्ति भएको भन्दै आफूहरुलाई अर्धसैन्य बलको रुपमा तयार गरे देशका लागि जुनसुकै जोखिम मोल्न तयार रहेको बताउँछन् ।
भूपू सैनिकहरुको चाहना पनि देशका लागि अझै केही गर्न पाए हुन्थ्यो भन्ने रहेको पाइन्छ ।
यो शक्तिलाई सरकारले परिचालन गर्नसके समाजलाई अनुशासित बनाउन सहयोग पुग्नेमा शंका छैन । त्यसमाथि उनीहरुको इमान्दारिता र अनुभवसहितको शक्तिलाई देशको समग्र विकासमा लगाउन सकिने सम्भावना पनि सेनाले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्